राजनीतिक क्रान्तिको आगामी कार्यदिशा

-  |   मोहन खत्री

राजनीतिक क्रान्तिको आगामी कार्यदिशा

देशको राजनीतिक एवं आर्थिक सम्बन्ध अर्धसामन्ती र अर्धऔपनिवेशिक नरहेर अर्धसामन्तीको ठाउँ दलालपुँजीवादले र अर्धऔपनिवेशिकको ठाउँ नवऔपनिवेशिकवादले लिएको छ ।

अन्तर्राष्ट्रिय पुँजीवाद पनि अहिले भूमन्डलीकृत पुँजीवादमा रूपान्तरित भएको छ । त्येसैले नेपालमा दलाल पुँजीवाद र नेपाली जनताबीचको अन्तरविरोध प्रमुख बनिरहेको छ । यता नेपाली राजनीतिमा पनि ठूलो परिवर्तन आएको छ ।

जनताको दश वर्षे जनयुद्ध र जनआन्दोलनले सङ्घीय गणतन्त्र नेपाल र समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको लोकतन्त्रको स्थापना भएको छ । समाजवादको आधार तयार गर्ने कुरा नेपालको संविधानमा उल्लेखित छ । अब देश र जनतालाई आर्थिक समृद्धि दिन नेपाली क्रान्तिको कार्यक्रम समाजवाद हुनुपर्छ ।

समाजवादको निर्माण, नेपालको संविधानलाई नेकपा माओवादी केन्द्रले दर्ज गरेका फरक मतहरुका आधारमा जनमतद्वारा संशोधन गर्दै पूर्णता दिने, जनबलद्वारा सरकार, सदन र सडक तिनै ठाउँबाट सङ्घर्ष गर्दै अघिबढ्ने र समाजवाद निर्माणको लक्ष्यमा पुग्ने हुनुपर्दछ । बाहिर रहेर सङ्घर्ष गर्ने विधिले लक्ष्यमा पुग्न अबको परिस्थितिमा गाह्रो हुनेछ । कार्यदिशा एउटै भएका वामपन्थीहरू पनि एकीकृत हुन सकिरहेका छैनौँ । सङ्घर्षको विधिमा मात्र फरक परिभाषित गर्दै फुट्मा भविष्य खोजिरहेका छौँ । अब फुट होइन, एकतामा जोड गरौँ ।

दस्तावेजलाई तुलनात्मक अध्यन गरेर हेर्दा नेकपा माओवादी विप्लाव समूह र नेकपा माओवादी केन्द्रको कार्यदिशामा भिन्नता छैन । दुवैले समाजवाद निर्माणलाई नै आफ्नो कार्यदिशा बनाएको अवस्था हो । कसरी समजवादमा पुग्ने भन्ने मात्र फरक देखिन्छ । भित्रै गएर सङ्घर्ष गर्ने कि बाहिर बसेर सङ्घर्ष गर्ने ? क. विप्लवले बाहिर बसेर सङ्घर्ष गर्ने कुरा गर्नु भएको छ । तर हामीले भित्र गएर जनबलद्वारा संविधान संशोधन गर्दै यो संविधानलाई पूर्णता दिने र समाजवाद निर्माण गर्ने कुरा गरेका छौँ, फरक विधिमा हो । हामी विचार मिल्ने वामपन्थीहरू बीचमा एकता गर्दै भविष्य खोज्नुपर्दछ । नेपालमा समाजवाद निर्माण गरिछाड्नुपर्दछ । त्यसका लागि आउनुहोस् विचार मिल्नेहरुबीच एकता गरौँ, जनतालाई एकता र परिवर्तनको सन्देश दिँदै समाजवादको निर्माण गरौँ ।

सङ्गठनात्मक प्रणाली
मुख्य कुरा पार्टीभित्र बुझाइमा एकरूपता ल्याउन जरुरी छ । हामीबीचमा अहिलेसम्म पनि कार्यदिशाको सवालमा एकरुपता बुझाइ बनाउन सकिरहेका छैनौँ । १० माओवादी समूहको एकतासँगै पार्टी एकताका लागि साझा सहमतिका बुँदाहरु हेर्दा हाम्रो कार्यदिशाको व्याख्या विशलेषण खिचडी भएको छ । अब पार्टीको कार्यदिशा समाजवादी क्रान्ति नै बनाएर अघि बड्नुपर्छ । कार्यदिशा कार्यान्वयनका लागि अनावश्यक भद्दा कमिटी, अर्थहीन र औचित्य नभएका जिम्मेवारी र भूमिकाविहीन समितिको व्यवस्थापन गर्दै चुस्त दुरुस्त सङ्गठन बनाउनु पर्दछ । पार्टीलाई विधि र पद्धतिमा चलाउनुपर्दछ । नेता कार्यकर्ता र निर्वाचित समितिहरुलाई जनतातिर फर्काउने र जनउत्तरदायी बनाउनुपर्दछ । पार्टीभित्र देखिएका अराजकता र दण्डहीनताको अन्त्य गर्दै पार्टीलाई चेन अफ कमान्डमा हिँडाउन जरुरत छ । पार्टी पद्धति नमान्ने अराजक प्रवृत्तिलाई कारवाही गरेर जाने आँट गर्दै पार्टी सुदृढीकरण गरेर जान आवश्यक छ । पार्टी र नेतृत्वलाई सार्वजनिक स्थलमा नै खुइल्याउने, विरोधि पार्टीसँग मिल्ने, पार्टीको वैचारिक रक्षा नगर्ने, उल्टो बर्खिलाफ गर्ने पदको लागि मरिहत्ते गर्ने तर जिम्मेवारी पूरा नगर्नेका हकमा पार्टीले फिल्टर गरेर हिँड्ने आँट गर्नै पर्छ । तब मात्र पार्टीलाई नयाँ र चुस्त बनाउन सकिन्छ ।

आर्थिक रुपले पार्टीलाई सुव्यवस्थित गर्न जरुरत छ । पार्टी कार्यालय निर्माण, सञ्चालन र पार्टी कामको व्यवस्थापन सुदृढ गरेर जाने, आर्थिक क्षेत्रमा देखिएको अराजकता अपारदर्शिता र पार्टीमा ऋण हुने तर व्यक्ति धनी हुने अवस्थाको अन्त्य गरिनु जरुरी छ । आर्थिक, सङ्गठानिक, वैचारिक र राजनीतिक सबै हिसाबले पार्टीका सबै तहलाई व्यव्स्थित गराउँदै लैजानुपर्छ ।

जनवर्गीय सङ्गठन र मोर्चाको साङ्गठनिक कामलाई व्यवस्थित गर्दै अभियानहरु चलाउने र सांस्कृतिक क्षेत्रलाई ध्यान दिएर व्यवस्थित गर्दै पार्टी नेता कार्यकर्ता सर्वाहाराकरण हुन त्यतिकै जरुरत छ ।

नेतृत्व प्रणाली
सबै तहको समिति र नेतृत्व निर्माण गर्दा वर्गीय चेतना र एकमा तीन प्रतिनिधित्वको नीति (ज्येष्ठ, प्रौढ र युवा) लागू गराउनु पर्दछ । सबै तहको नेतृत्वका लागि उम्मेदवार हुन योग्यता निर्धारण गर्नुपर्दछ ।

वरिष्ठता, निरन्तर क्रियाशील, क्रान्तिकारी क्षमता र प्रतिभा, श्रमजीवी वर्गस्रोत, किसान, मजदुर, महिला, दलित, मधेसी आदिवासीजनजाति र उत्पीडित खस र आर्यलगायत समुदायका निरन्तर क्रियाशील सदस्यहरुलाई खुल्ला र विशेष प्रतिनिधित्वका लागि समूहहरुबीच प्रतिस्पर्धा गराई नेतृत्व विकास गराउने नीति लिनु पर्दछ ।

तल्लो समितिमा एक कार्यकाल काम गरिसकेको, १०÷११ वर्ष सदस्यता लिएर सङ्गठनमा काम गरी अनुभव बटुलेका व्यक्तिहरुले मात्र प्रदेश र केन्द्रीय समितिमा आउन पाउने गारी योग्यता निर्धारण गरिनु पर्दछ । सदस्यता लिएको वर्ष अवधि सङ्गठनको सबै तहमा तोकेर समितिमा आउने नीति लागू गराउनु पर्दछ । राजनीतिका लागि उमेर हद तोकिदिनु पर्दछ । वृद्धावस्थासम्म पनि पदमा घिसार्नु हुँदैन । प्रमुख कार्यकारी पदमा एक व्यक्तिका लागी दुई अवधि मात्र कायम गरिनुपर्दछ ।

पार्टी सङ्गठनका सबै तहको पदाधिकारी प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा निर्वाचित हुने विधि कायम गर्नुपर्दछ । एक व्यक्ति एक पदको नीति लागू गराउनुपर्छ । माथिल्लो कमिटीमा निर्बाचित भएमा तल्लो कमिटीबाट राजिनामा दिनु पर्ने अनिवार्य व्यवस्था गरिनुपर्दछ । सहमतिद्वारा नेतृत्वको सहबरन गर्नु परेमा तोकिएको मापदण्डका आधारमा मात्र गर्नुपर्ने अनिवार्य व्यवस्था गरिनुपर्दछ ।

अतः नेतृत्व प्रणली लगायत विषयमा नेकपा माओवादी केन्द्रले आधिकारिक रुपमा निर्णय नलिएका विषयसमेत मैले बहसका रुपमा प्रस्तुत गरेको छु । यो मेरो आप्mनो विचार मात्र हो । पार्टी सुदृढ गर्न नेतृत्व प्रणालीमा नयाँ निर्णय लिएर अघि बढ्न आवाश्यक छ ।

इन्चार्ज, नेकपा माओवादी केन्द्र, उदयपुर
क्रान्तिको कार्यदिशा

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल