प्रणय दिवशको संयोग

प्रणय दिवशको संयोग

बालकृष्ण गौतम

प्रिय ….
साथीले भने जस्तै, तिमी जसरी आयौ, त्यसरी नै गयौ, भ्यालेन्टाइन डे कै दिन आयौ भ्यालेन्टाइन डे कै दिन छुट्टियौ । मसँग दुई बर्ष नाता गास्यौँ दुई पटक भेट्यौँ सारा सपना देख्यौँ र देखायौ । सुरुमा तिमीले मलाई प्रस्ताव राख्दा मैले यो सम्भव छैन् भने तर् तिमीले छ भन्यौ । मध्यान्तरमा आउँदा मैले सम्भव छ भने तर, तिमीले सम्भव छैन भन्यौ । सुरुमा भन्दा मैले जिते मध्यान्तरमा भन्दा तिमीले जित्यौ । फरक यत्ति हो तिम्रो बाध्यता मैले बुझे । तिम्रो सोचाई मैले पढेको छु किनकी तिमीसँग दुई बर्ष मैले संगत गरेको थिए । तिम्रो र मेरो संगत तिम्रो परिवार अनि मेरो परिवारमात्र होइन तिम्रो नातागोता अनि मेरो नातागोतालाई पनि थाहा छ तर, पनि विबाह सम्भव भएन । तिम्रो र मेरो बिवाह सम्भव गराउनलाई तिमीले आँसु बगाएर संघर्ष नगरेको पनि होइन, मैले पनि आफ्नो बुद्धि र विबेक अनि तिम्रो सल्लाह बमोजिम मैले प्रयास नगरेको पनि होइन ।

मैले भ्यालेन्टाइन डे मनाउने कहिल्यै रहर गरिन, अव पनि गर्देन, अरुले भन्दा पनि हाँसोमा उडाएँ त्यो मेरो कमजोरी पनि हुन सक्छ तर, म त्यसलाई कमजोरी मान्दिन । किनकी भ्यालेन्टाइन डे कै दिन मायाका सपना बुन्नेहरुका ब्यथा र पिडा सयौँ छन् यहाँ । माया गर्नलाई, प्रेम प्रस्ताव राख्नलाई के भ्यालेन्टाइन डे नै कुर्नुपर्छ र ? दुरीको हिसावले तिम्रो र मेरो भ्यालेन्टाइन डे मा भेट हुने अवस्था थिएन । भेट्नलाई हामीले कुनै योजना पनि बनाएनौ तर, दुरी जति टाढा भएपनि टाढा भएको अनुभुति हामीले कहिल्यै गरेनौ । अरु बेला म नसम्झउला तिमीलाई किनकी मैले पनि तिम्रो जस्तै कसैलाई अपनाउनै पर्छ । तर, जुनीभर भ्यालेन्टाइन डे ले मेरो मानसपटलमा तिम्रो तस्बीर र साहेद, तिम्रो मानसपटलमा मेरो तस्बीर कहिल्यै डिलिट नहुने गरी त्यो छाप बसालिदिएको छ । किनकी पहिलो प्रेम प्रस्ताव भ्यालेन्टाइन डे कै दिन तिमीले सुरु ग¥यौ अव तिमीले मलाई सम्झने र मैले तिमीलाई सम्झने दिन भनेकै भ्यालेन्टाइन डे बनेको छ । कहिल्यै भ्यालेन्टाइन डे मनाउने रहर नगरेपनि तिम्रो कारण यो दिन सधै अविष्मरणीय रहि रहनेछ । हुनत् यो तिम्रो र मेरो समस्या मात्र होइन सायद भ्यालेन्टाइन डे मनाउने होडबाजीमा रहेका अधिकांश जोडीहरुको यहि कथा छ र अझै कथा बनिरहको हुनेछ ।

तिमीलाई नपाएकोमा मलाई त्यति धेरै आपत्ती पनि छैन् किनकी सुरुमै मैले भनेको थिए मध्यान्तरमा तिमीले भनेकी थियौँ हाम्रो बिवाह सम्भव छैन् । “भन्छन् मान्छेहरु माया पाउनु मात्र होइन गुमाउनु पनि माया हो” साँच्ची माया पाउँदा र गुमाउँदामा धेरै अन्तर हुदो रहेछ । तिमीले माया पाउदाको अनुभूति पनि दिलाऔ माया छुट्टीदाको अनुभूति पनि दिलाऔ धन्य छु म जीवनमा यस्तो मौका दिलाऔँ । कस्तो माया जोडियो तिमी भागेर बिहे नगर्ने म भगाएर बिहे नगर्ने फेरि एक अर्कोलाई असाध्यै मन पराउने । त्यसैले त साँच्ची मलाई लाग्यो न तिमीले जित्यौँ न मैले जिते, न तिमीले हा¥यौ न मैले हारे, न तिमीले छाड्यौ न मैले छाडे प्रेम यतिमात्र सम्भव भो वस् तिमी अर्काेको नहुदाँ म अर्कीको नहुदाँसम्म मात्र । यसरी सुरु भएको थियो– खाना खानुभयो–तिमीले खायौँ ? के गदैहुनुन्छ– तिमी के गर्देछ्यौ ? सन्चै हुनुहुन्छ–तिमीलाई कस्तो छ ?

प्रत्येक दिनका शब्दहरु अव सुन्न पाइने छैनन् न त अव मेरो मोवाइलको घण्टी तिम्रो नम्बरबाट बज्ने छैन् न मेरोबाट तिमीलाई । बस् भ्यालेन्टाइन डे देखि यि सब कुरा बन्द भए । हामीले बिर्सेर पनि बिगतका कुरा बल्झाउने छैनौ, कतै भेट भयो भने पनि हामी अन्जानबाट नयाँ चिनजान गर्नेछौ हस् एक अर्कोलाई आदर गर्नेछौ अनि सम्मान गर्नेछौ । थाहा पाएका ब्यक्तीलाई गलत सावित गर्नेछौ थाहा नपाएका ब्यक्तीलाई कहिल्यै थाहा दिने छैनौ यिनि बिगतका प्रेमजोडी हुन भनेर । बस् अव मेरो शुभकामना तिम्रो भावना मैले जति भित्रै देखि बुझेको छु छिट्टै तिम्रो श्रीमान् र परिवारले नबुभ्mन सक्छन् त्यो बुझाउने जिम्मा तिम्रो हो । तिमी एक घरको बुहारी, श्रीमती, भाउजु , काकी, माइजु , लगायतका थुप्रै नातेदारसँग तिमी आवद्ध भएकी छेउ । सबैले भनुन कति सुसिल, कति इमान्दार, कति मेहनती मान्छे घरमा भित्री छिन् छरछिमेकले भनुन पल्लो घरको बुहारी कति जाति, श्रीमानले भनुन् मेरी श्रीमती कति जाति बस् तिम्रो र मेरो सम्बन्धले पूर्णता नपाएपनि जुनीभरीलाई मेरो ह्दयदेखि नै सुखद दाम्पत्य जिवनको लाखौँ लाख शुभकामना तिमीलाई……..

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल