अर्घाखाँची आन्दोलनबाट गुल्मीलेली सिक्नु पर्ने पाठ

अर्घाखाँची आन्दोलनबाट गुल्मीलेली सिक्नु पर्ने पाठ

प्रेम सुनार

गुल्मी– अघिल्लो दिन गृहमन्त्रीको राजिनामा माग गर्ने गुल्मीका आन्दोलनकारीले अर्को दिन गुल्मी आएका उनै गृहमन्त्रीलाई नतमस्तक हुँदै फुलमाला र खादाले गरे । भाडगाउँमा काग्रेस नेता चन्द्र केसीको पितृशोकमा सहानुभुति प्रकट गर्न आएका गृहमन्त्री विमलेन्द्र निधीले वेला ५ नम्वर प्रदेश टुक्राउने विषयमा बोल्नै नहुने विषयमा पनि भाषण गर्न तम्सिए । उनले सहानुभति दिनुको साटो आफ्नो भाषणमा पाँचनम्वर प्रदेश टुक्रिएरै छाड्छ भन्दै आफ्ना कार्यकर्तामार्फत समग्र गुल्मीवासीलाई चुनौती दिए ।

यहाँ सम्मकी संयुक्त जनआन्दोलन परिचालन समितिका सभापति भुवनप्रसाद श्रेष्ठले मन्तव्यका क्रममा पाँच नम्वर प्रदेश टुक्राएर कसलाई खुशी पार्दै हुनुहुन्छ ? भनेर प्रश्न गर्दा मञ्चमा मुस्कुराउँदै आशिन गृहमन्त्रीले आक्रोशपुर्ण मुद्रामा छातीमा औंला राख्दै ‘म आफुलाई खुशी पार्न ’ भनेर अर्को चुनौती दिदा समेत कोही चुँ बोलेनन् ।

गृहमन्त्री निधी त वरु तराईवासी हुन् । तर नेपाली सेनाको हेलिकप्टर प्रयोग प्रयोग गरेर व्यक्तिगत काममा आएका रक्षामन्त्री तथा कांग्रेस नेता वालकृष्ण खाँड लुम्विनीवासी हुँदाहुँदै पनि उनले घुमाउरो भाषामा म वरु लुम्विनी छाड्न सक्छु , तर ५ नम्वर प्रदेश टुक्राउने काँग्रेसले गरेको निर्णय विपरित जान सक्दिन भनेर भन्दा समेत कसैले मुख खोल्न सकेनन् ।

अर्का कांग्रेस नेता शंकर भण्डारी लगायत जो जो केसीको पितृशोकमा साहनुभुति दिने वाहनामा गुल्मी आएका थिए उनिहरुको अभिष्ट भनेकै गुल्मी आन्दोलन मत्थर पार्ने प्रयास थियो ।

त्यति वेला कांग्रेसजन त आफ्ना नेताहरुप्रति नतमस्तक बने नै विपक्षी नेकपा एमालेका कार्यकर्ताहरुले पनि उनिहरुलाई कालो झण्डा देखाउन खुट्टा कमाए ।

संवेदना दिन आएकाले विरोध गरिएन भनेर नेपाली कांग्रेसका सभापति एवं आन्दोलन परिचालन समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले भन्दै गर्दा गृहमन्त्री लगायतका कांग्रेस नेतालाई पनि त्यस्तो संवेदनशिल क्षणका वेला र यता आन्दोलनले गुल्मी तातिरहेको बेला, कृष्ण पाण्डे जस्ता युवा तिनै गृहमन्त्रीका मान्छेहरुको अश्रुग्याँस र लाठीले अस्पतालको शैयामा बसीरहेका थिए । यस्तो वेला ५ नम्वर प्रदेश टुक्राउन खुलेरै चुनौती दिन पनि उनिहरुलाई छुट थिएन् । किन छुट दिईयो ?
हिजो अर्घाखाँचीमा माओवादी नेता डिलाराम आचार्यले ५ नम्वर प्रदेशवासीको भावना विपरित दुई शव्द मात्रै के उच्चारण गरेका थिए तर ओईरिए अर्घाखाँचीवासीहरु । भागे उर्जामन्त्री जनार्दन शर्मा प्रभाकर, सातोपुत्लो गयो नेता आचार्यको ।
जसले गर्दा केन्द्रमा आन्दोलनको सवैभन्दा ठुलो धक्का दिन सफल भए अर्घाखाँचीवासीरु । कांग्रेस कै नेता विमलेन्द्र निधीले ५ नम्वर प्रदेश टुक्राउन मुख्य भुमिका निभाउँदै आएको उनको अभिव्यक्तिले प्रष्ट पारेको छ ।
उनि पछि सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुन ( अनन्त) पनि गुल्मीको सदरमुकाममै आएर आफ्ना कार्यकर्तालाई ५ नम्वर प्रदेश टुक्राउने विषयमा दिनभर प्रशिक्षण दिएर गए । तर उनको विरोधमा विपक्षीहरु त्यसममा पनि आन्दोलनको अगुवाई गरेकाहरु चुँ वोलेनन् ।

यसरी सत्तारुढ दलका नेताहरु आउँदै जनभावना विपरित वोल्दै जाँदै गर्न दिने अनि उनीहरु केन्द्रमा पुगी सकेपछि सडकमा उनिहरुलाई राष्ट्रघाती भनेर क्ुर्लिनेहरुले अर्घाखाँची आन्दोलनको रणनितीलाई पछ्याउनै पर्दछ ।
खास राष्ट्रघात कहाँबाट कसले सुरु ग¥यो ? र त्यसको अगुवाई कसले गरेको छ ? यसको समिक्षा गर्न जरुरी छ । वदलाको भावना लिएर कुनै अमुक दललाई मात्र राष्ट्रघाती भन्नु गलत हुनेछ ।

पाहडबाट तराई टुक्राउने सरकारको तर्फबाट बढि जोड गरेका छन भने उनै गृहमन्त्री एवं कांग्रेस नेता निधीले गरेका छन भन्ने प्रष्ट हुँदाहुँदै किन सडकमा कांग्रेस र निधी जस्ता मन्त्रीहरुको विरोध हुँदैन् ? राष्ट्रियता र माटोको लडाई हो भने आफ्नै दल र नेताको पनि चर्को विरोध गर्न र उस्तै परे पार्टी छाड्ने छोडपत्र हातमा लिएर हिड्ने हिम्मत राख्न सक्नु पर्दछ । अव प्रचण्डको मात्र होईन कांग्रेस सभापति शेरबहादुर देउवा , विमलेन्द्र निधीको पनि पुत्ला जलाउन र दलको नेताबाटै कांग्रेसजनले राजिनामा माग्न सक्नु पर्दछ ।

Golden Oak
Subusu inner banner

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

रातोपाटी स्पेशल