• गजल : ..मजा बेग्लै

    -हरि थापा देउरालीमा तिम्लाई भेट्दा, आँखा तर्कनुको मजा बेग्लै वरपर तिम्लाई देख्दा फर्कनुको मजा बेग्लै । हर्ष अनि उमङ्गमा भेट्ने ठाउँ हाम्रो तिमीसँगै यतात्यता लर्कनुको मजा बेग्लै । पाते पीपल सुकिसक्यो अनि हाँसो पनि त्यही मुहारमा हाँसो छर्कनुको मजा बेग्लै । किन टुट्छ किन फुट्छ सम्बन्ध भाकेको ? थोरै फुटाउँदा तिम्ले झर्कनुको मजा बेग्..

  • कथा : प्रेमकथा–२ (ऊ अनि मेरो)

    -दीपक घिमिरे ऊ हिँड्ने दिन आइहाल्यो । वर्षौं पछाडि भेटिएका हामीहरु दस दिनमै यति नजिक भएका ..

  • कविता : म बूढो भैसकेको छु

    -अनिल सुवेदी त्यही आँगनमा बसेर कति हेर्ने पुरानै आकाश के देख्नु रुझेको दिमागले भविष्य के ब..

  • उपन्यासकार लिम्बूको मिलिजुली सार्वजनिक

    ललितपुर, जेठ ३ – एक दशकदेखि बेलायत रहँदै आएकी शान्ति लिम्बूले ‘मिलीजुली’ उपन्यास लिएर आएकी..

  • कथा : प्रेमकथा–उ अनि मेरो !

    दीपक घिमिरे माया भन्ने चिजै गजबको । कुनै एउटीलाई मनमा सजाइयो भने उसको गाउँ, बाआमा, उसका आफ..

  • कविता : तृषित

    -इ. सन्तोष पोखरेल मलाई थाहा छैन मैले के लेखेँ कुन ठाउँ छाडेँ, कहाँ छेकेँ मेरो गजबको रीत अचम्मको छ मेरो प्रीत घनघोरमै चकित चकोर, मेरो गीत । तिम्रो मन के महान ? मेरो त पहाड र चट्टान ! ढुङ्ग्यान अनि बुट्टयान अनि सरिताको झरझर सुवास मगमग वरपर म त महादेव हर हर ! म त […]

  • कविता : आँखा र सपना

    -इ. राकेश कार्की फेरि मैले आज सपना देखेँ आँखाहरु न हुन् सजाएर राखेछन् समुन्द्रमा ठूलो पानीजहाज ओर्लिएपछि छोडिजान्छ पर पर आँखाबाट ओझेल नहुन्जेलसम्म कहिलेकाहीँ आइदिन्छन् त्यो पनि सपनीमा आँखाहरु त हुन् क्यामेराको पिक्सेल र मेमोरीजस्तो सधैँभरिलाई क्याप्चर गरेर राख्छ त्यस्तै हो रेल पनि हवाइजहाज पनि छोडिजान्छ परपर आँखाबाट ओझेल नहुन्जे..

  • व्यङ्ग्य : बुद्धिविहीन पढैयाहरु

    -डा. किशोर अधिकरी “खाली पढ पढ भनेर कराउनु हुन्छ तपाईं । जिरौना चोकदेखि माथि सिमन्टी साहूको घरसम्म घुमेर हेर्नुस् त कति जना पढेकाले के–के गरेका छन् । अनि प्लुस् टु पनि क्लियर गर्न नसकेकाले के–के गरेका छन् ।” पल्ला घरको फुच्चेले एक सासमा उसकी आमालाई जवाफ लगाएर आफ्नो बाटो ततायो । तर फुच्चेका एकएक कुराले […]

  • आमालाई चिठी

    -झलक पौडेल प्यारी आमा ! आमा, आज दम अनि दन्तरोग सम्बन्ध बारे लेखेको स्वास्थ्यमूलक लेख मेरो फोटोसहित प्रकाशित भयो नि । मलाई त्यो देख्दा खुशी लागेर आयो । तर कताकता दुख्ख पनि लाग्यो । किनभने केही सफलता प्राप्त गर्दा फोन गरेर सबभन्दा पहिला सुनाउने अनि त्यो मेरो खुशी देखेर मुस्कुराउँदै चम्किला आँखासहित मलाई स्याबासी दिँदै […]

  • कविता : चुनाव प्रसारमा जे देखियो

    -ध्रुवप्रसाद गजुरेल भोट माग्न घरमा उमेद्वारको हुल आयो सबैजना नमस्कार भन्दै घरभित्र आए एक जना महिला आँगनमा अडिनुभयो कुरा बझ्दा उहाँ त दलित पर्नुभएछ । घरदैलो कार्यक्रममा असहज छ उनलाई चिया पिउँदा छेउमै बस्नुपर्दछ उनलाई विभेद देखेर आँखाबाट बर्रबर्र आँशु झार्दै घृणा जागेछ दलित भनी भोट माग्न उनलाई । उहाँले आँशु झार्दै आँगनबाटैै भोट मा..

  • कविता  : केन्द्रविन्दु

    –अनिल सुवेदी सौन्दर्यको अप्रितम मूर्ति पनि होइन मण्डलाकार उरोज बोकेर मुस्काइरहने तर लागेको दूधजस्तै मिठा गालाहरु एउटा भर्भराउँदो आगोको अगुल्टो न्यानो चपलता बोकेर लजाइरहेको लावण्य तातो हावा सवार प्राण चञ्चलता वासनाको मार्गमा कुदिरहेको विमान जसको सान्निध्यमा पुुग्दा लालयित सपनाहरु बेहोस हुन्छन् । बेग्लै किरणको खोजीमा दिनदिनै उदाइर..

  • पुस्तक समिक्षाः मेरो आँखामा सगरमाथाको गहिराइ !

    कवि विक्रम पवन यस किताबमा कविको परिचयमा यस्तो लेखिएको छ (नवराज पराजुली “पर्फमेन्स पोयट्री“ बाट समकालीन कवितामा सर्वा्धिक चर्चामा आएका कवि हुन् । यस्तो लेखिरहँदा प्रश्न उब्जन सक्छ । जस्तो कि ( १. के कवि नवराज पराजुली पर्फमेन्स पोयट्री मात्रै हुन् ? २. के कवि नवराज पराजुलीको कवितामा भाव छैन् ? माथिको यहि वाक्यले यस्ता […]

  • हरिवंश आचार्यको दोस्रो कृति ‘हरिबहादुर’ सार्वजनिक

    काठमाडौँ, वैशाख २३– हाँस्य कलाकार तथा लेखक हरिवंश आचार्यको दोस्रो कृति उपन्यास ‘हरिबहादुर’ शनिवार सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिवार एक कार्यक्रमकाबीच हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले हरिबहादुर सार्वजनिक गरेका हुन् । हाँस्यकलाकार हरिबंशले यसअघि प्रकाशित गरेको आत्मकथा ‘चिना हराएको मान्छे’ चर्चित भएको थियो । प्र..

  • कविता : देश बनाउनेलाई चुनौँ

    -शिवहरि दाहाल कसको भिजन कस्तो रैछ, सबैलाई सुनौँ देश बनाउने मान्छेलाई, खोजीखोजी चुनौँ । कहिले विवाद जाति भाषा, कहिले लिङ्ग क्षेत्र, सबथोक बिर्सी सिङ्गो नेपाल, एउटै मालामा उनौँ । व्यक्ति मिली समाज बन्छ, समाज मिली देश, समाज विकास नै राष्ट्र विकास, यो कुरालाई गुनौँ । डरधम्की भोजभतेर वा धनसम्पत्तिको, प्रलोभन त्यागी योग्य व्यक्ति छानी..

  • बकवास तन्त्र

    -साइमन सहदेव रायमाझी प्रजातन्त्र, स्वतन्त्र, साँढेहरुको छाडातन्त्र गणतन्त्र, बकवासतन्त्र, साल साल्, दसक दसक लुटाहाहरुको झुटतन्त्र भाग वण्डा नमिल्दा फुटतन्त्र नारा जुलुस, धर्ना घेराउ सेन्ट्रीमा सधैँ जनता चाहिने घुस खान, धूर्त नेता मन्त्री बन्ने हामी चैँ आन्दोलनमा मर्दै सहिद बन्ने । कहिले धर्म बेचेको छ कहिले जात हेपेको छ । समताको ..

  • कविता : मेरा प्रेमी आँखा

    -प्रकाश भुसाल वर्षौंदेखि नदेखेको त्यही धुलोमा खुट्टाको बूढी औँला चोबेर आफै उभिने धरातलको चित्र बनाइदिएको छु सँघारमा निधार ठोक्किएपछि फर्किनेहरुलाई ढोका उघारेर सधँै पर्खिन त कहाँ सकिन्छ र ? मलाई थाहा छ हरेक जिन्दगीलाई एउटा अनिर्देशित बहाबले बगाएको हुन्छ त्यसैले तिमीलाई पनि बगाएको हुनुपर्छ आज एउटा कुरा नढाँटी भन्छु यदि सँघार अग्लो..

  • गजल

    -मित्र नेपाली राष्ट्रप्रेम रक्षक बनी बाँच्न मन लाग्छ देशभक्ति गीत बनी नाच्न मन लाग्छ चम्किला ती तारा अनि शीतल चन्द्रमा झैँ घामजस्तै तेज बनी हाँस्न मन लाग्छ हिमालका फाँट अनि बिहानीको शीत झैँ अटुट नाता सबैसँग गाँस्न मन लाग्छ नेपाली ती वीर अनि बैरीसामु नझुके झैँ दासता र वैर भाव मास्नमा लाग्छ -जिरिखिम्ती, तेह्रथुम

  • गजल

    -माधव पौडेल तिमीभन्दा बेसी बफदार छन् यी आँसुहरु भन त कुनै कारणविना झर्छन् यी आँशुहरु ? तिम्रो दिलमा नहुँला म तिमी छ्यौ यो दिलमा तिम्रै यादमा अचेल यात्रा गर्छन् यी आँसुहरु टुटेर रुनुको फाइदा छ जखमहरु निको हुन्छन् दिलभित्रका कैयौँ जखमहरु भर्छन् यी आँसुहरु प्यार होस त यो नयन र यो मनको जस्तो यार मन […]

  • कविताः रोमाञ्चक प्रकृति

    -हरि थापा आहा ! कति मज्जा छ यहीँ प्रकृतिमा म हाँस्ता आकाश हाँस्यो क्षितिजमा मडारिरहेका कालो बादल हट्यो देखियो उज्यालो सूर्यका प्रकाशहरु पृथ्वीमा आइपुगे मस्त चुम्बन गरिरहे अनि विस्तारै थकित भएपछि पुन अस्ताउँदै गए म फेरि अर्को दिनको प्रतीक्षामा कुरिरहे त्यो पल सम्झिँदै कल्पिँदै आफैभित्र कुतकुत्तिँदै फेरि बिहानीसँगै सुरु भयो हाम्रो..

  • डिभोर्सी आमा -२

    -दीपक घिमिरे ..अनि ऊ जान हतारिई, मैले बुझिहाले । उसँग धेरै गफ भए तर सबै चित्त नबुझ्ने खालका । एउटी आमाले आनै सन्तानलाई छोरी भन्न नसकेको इतिहास सुनाई । मैले हजारौँ पटक किन यस्तो भनेर प्रश्न गर्दा उसको एउटै उत्तर हुन्थ्यो– ‘सरी यार ! म उसको आमा बन्न सक्दिन दीपक ।’ दरबारमार्गबाट ऊ घण्टाघरतिर लागि, […]

  • कविता : बा भन्न लायक छैन

    -बाबुराम पन्थी ‘गुल्मेली’ तिम्रो गर्भमा रहँदा मेरा आँखाहरूले तिम्रो पहिलो घर नियाल्न पाएनन् तिमीलाई तिम्रो आमाले मुसार्दै गर्दा मेरा हातहरूले मुसार्न पाएनन् तिम्री आमाले सम्झिएर रूँदा मेरा हातहरू आँशु पुछ्न पाएनन् तिम्री आमा प्रस्रव पीडामा छट्पटाउँदा साथमा हुन नसकेको म तिम्रो आगमनमा स्वागत गर्न उपस्थित हुन नसकेको म तिम्रो छैटी र..

  • ‘चिना हराएको मान्छे’ पछि ‘हरिबहादुर’ 

    काठमाडौ, वैशाख २०– संस्मरण ‘चिना हराएको मान्छे’ को सफलतापछि चर्चित हास्य कलाकार हरिवंश आचार्यले आफ्नो पहिलो उपन्यास कृति ‘हरिबहादुर’ लिएर आउँने भएका छन् । ‘हरिबहादुर’को विमोचन अर्का हास्यकलाकार मदनकृष्ण श्रेष्ठले आगामी शनिबार ३ बजे नेपाल प्रज्ञाप्रतिष्ठानको डबलीमा हुने बताइएको छ । उपन्यासकारको अवतारमा देखिन लागेका हरिवंश आचार्यल..

  • ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ हेर्न मण्डला घुइँचो

    काठमाडौँ, बैशाख १९ –अनामनगरस्थित मण्डला थिएटर अचेल दर्शकले खचाखच भरिएको देख्न सकिन्छ । बिगत केही सातादेखि नाटक ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ मञ्चनले यो थिएटरमा दर्शकको भिड लागेको हो । कथाकार इन्द्रबहादुर राईको लेखन रहेका नाटक नाट्यकर्मी सुनील पोखरेलको निर्देशन मञ्चन सुरु भएको हो । पछिल्लो दुई वर्षको अन्तरालमा सुनीलले निर्दे..

  • अक्षर काकाको ‘देउती’ अनावरण

    काठमाडौँ । अक्षर काकाका नामले साहित्यकर्ममा चिनिने रामनाथ खनालले पहिलो आख्यान ‘देउती ल्याएका छन् । शनिबार पत्रकार एवम् लेखक नारायण वाग्ले, समीक्षक गुरुङ सुशान्त र लेखक स्वयमले त्यसको लोकार्पण गरेका हुन् । सिन्धुपाल्चोकको सिन्धु र इन्द्रावती परिवेशको कथा समेटीएको उपन्यासमा आधा शताव्दीअघिको सामाजिक विषमता उतारिएको छ । विशेष गरेर स..

  • दिनेश अधिकारीको ‘भरियाको भूगोल’ सार्वजनिक

    काठमाडौं, बैशाख १७ – कवि तथा गीतकार दिनेश अधिकारीको नयाँ काब्य ‘भरियाको भूगोल’ सांगीतिक तथा कवितामय जमघटका बीच शुक्रबार विमोचन भएको छ । अधिकारीले आफुभन्दा पछिल्लो पुस्ताका कवि श्रवण मुकारुङलाई पुस्तकको पहिलो प्रति हस्तान्तरण गर्दै विमोचन गरेका थिए । ‘हाम्रो पुस्ताले कविता लेख्न प्रारम्भ गर्दा तत्कालीन ठूलो स्कुलमध्येको एउटा दिने..

  • अधिकारीको काव्यकृति ‘भरियाको भूगोल’ सार्वजनिक

    काठमाडौँ, १६ वैशाख । प्रसिद्ध कवि तथा गीतकार दिनेश अधिकारीको नवीनतम् काव्यकृति ‘भरियाको भूगोल’ सार्वजनिक गरिएको छ । नेपालयले प्रकाशनमा ल्याएको उक्त काव्य कृति तीन वर्षपछि पुनः प्रारम्भ गरिएको पलेटीको नयाँ शृङ्खलामा सार्वजनिक गरिएको हो । कवि अधिकारीले ‘भरियाको भूगोल’ पहिलो प्रति आफूभन्दा पछिल्ला पिँढीका कवि श्रवण मुकारुङलाई उपहार..

  • कविता : याद

    -उशा पाण्डे याद्गार त आफूले छाडेको हरेक स्थान, समय र पात्रहरु भइ नै रहन्छन् याद गरी पठाउनेले पो के गरेको छ थाहा हुन्न यादको आँखामा बसेर उडिरहेको कविता हेर्नू आफू मात्र अपवाद भएर भीडबाट टाढा हुनु, र, यादहरुको ओठमा लतपतिएको अक्षर टिपेर अनकन्टारमा समाधिस्थ हुनु यादको पर्खालमा झाँगिएका बेगमबली जस्तै भएर आफू पनि यादहरुमा झाँगिदै [&he..

  • कथा : आमा

    -रेशा सापकोटा चकमन्न रातमा लक्ष्यहीन पाइलाहरु चालिरहेको हुन्छ । जीवनको अर्थहरु पनि कति रहस्यमय हुँदा रहेछन् । आकाशतर्फ हेरेर मेरा आँखा टोलाउँछन् । रातको गाहिराइलाई छाम्ने कोसिस गरिरहेको हुन्छु । कसैलाई प्रश्न साध्ने मन लाग्छ । वरिपरि हेर्छु, त्यहाँ कसैलाई देख्दिन केवल म हुन्छु र हुन्छ शून्य रात । सानी थिएँ जब गहभरि आँशु बोकेर [..

रातोपाटी स्पेशल