• मतदानस्थलमा बियरको बोत्तल र खुकुरी बोकेर पुग्ने पक्राउ

    काठमाडौं, वैशाख ३१– सल्यानको कुमाखमालिका गाउँपालिका–३ स्थित मावि गुर्दासे मतदान केन्द्रमा भोट हाल्न आउँदा दुई थान खुकुरी बोकेर आएका दिनेश रावतलाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने २९ वर्षीय रावतको साथबाट प्रहरीले दुई थान खुकुरी बरामद गरेको छ । यसैबीच, बाग्लुङ्गको जैमुनी नगरपालिका–९ जनता माबि पोखरीबारी मतदानस्थलको बाहिर च..

  • कलाकार परियारको हत्या, अर्का एक गम्भीर घाइते

    दमौली, वैशाख ३१– तनहुँमा आइतवार दमौलीका एक कलाकारको हत्या भएको छ भने एक जना सख्त..

  • स्थानीय चुनाव शहरमा भन्दा गाउँमा रौनक

    धुब्रसागर शर्मा म्याग्दी, बैशाख ३१– आइतबार सम्पन्न भएका तीन वटा प्रदेशका ३४ जिल्..

  • चन्द्रागिरीको ट्वाटीपाखामा प्रेसर कुकर बम भेटियो, नेपाली सेनाद्वारा निष्क्रिय

    काठमाडौं, वैशाख ३१ – काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ ट्वाटीपाखास्थित पिपलबोट ..

  • गठ्ठाघरमा भेटियो फर्सीभित्र सकेट बम, यसरी पारियो निस्क्रिय

    भक्तपुर, वैशाख ३१–भक्तपुरको गठ्ठाघर बाट कौशलटारतिर जाने सहायक सडकमा फर्सिभित्र र..

  • श्रीलंकाको क्यान्डी पुगिन् राष्ट्रपति भण्डारी

    क्यान्डी (श्रीलङ्का), ३१ वैशाख । श्रीलङ्काको औपचारिक भ्रमणमा रहेही राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणको तेस्रो दिन आइतबार श्रीलङ्काको दोस्रो ठूलो सहर क्यान्डी पुगेकी छन् । कोलम्बोबाट सिधै राष्ट्रपति भण्डारी श्रीलङ्काको कोलम्बो हेलिप्याडबाट श्रीलङ्काली वायुसेनाको हेलिकप्टरबाट क्यान्डीमा अपराह्न आइपुगेकी हुन् । राष्ट्रपति भण्डारी..

  • दुर्घटनामा एक जनाको मृत्यु, दश घाइते

    इनरुवा, वैशाख ३१– सुनसरीको भोक्राहा गाउँपालिका–५ मा आइतबार बस र स्कारपिओ एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत बङ्गाल कोलकोत्ताका चैतन्य कृष्ण रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६४३६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै [&helli..

  • सात बजेपछि मात्रै सवारी चलाउन पाइने

    काठमाडौं, वैशाख ३१– स्थानीय तहको निर्वाचनका लागि रोक लगाइएको सवारी साधन बेलुका ७ बजेपछि मात्रै सञ्चालन गर्न पाइने भएको छ । मतदानको समय ५ बजे नै सकिए पनि बेलुका ७ बजेपछि मात्रै सवारी सञ्चालन गर्न दिइने भएको हो । आइतबार मतदान हुने तीन वटै प्रदेशमा विहान ५ बजेदेखि सवारी सञ्चालन गर्न रोक लगाएको थियो । […]

  • एमाले पूर्व वडाध्यक्षको मृत्यु

    रामहरि श्रेष्ठ ओखलढुंगा, बैशाख ३१– सिन्धुलीको फिक्कलमा एक एमाले कार्यकर्ताको मृत्यु भएको छ । सिन्धुलीको फिकल गाँउपालिका वडा नम्बर ६ मा मतदाता परिचय पत्र लिएर फर्केने क्रममा शनिबार राति भिरबाट खसेर एक जनाको मृत्यु भएको हो । परिचय पत्र लिएर फर्कदै गर्दा रातको करिब ८ बजेको समयमा साबिकको रत्नावती ४ सल्लेका पूर्व एमाले वडा अध्यक्ष [..

  • राष्ट्रपतिबाट वनस्पति उद्यानमा वृक्षरोपण

    शीतलप्रसाद महतो श्रीलङ्का, ३१ वैशाख । श्रीलङ्काको औपचारिक भ्रमणका सिलसिलामा कोलम्बोमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज क्यान्डीस्थित राष्ट्रिय वनस्पति उद्यानमा वृक्षरोपण गरेकी छिन् । विविध प्रकारका वनस्पति रहेको उक्त उद्यानमा राष्ट्रपति भण्डारीले करतुसको बिरुवा रोपेकी हुन् । सो अवसरमा उनले उद्यानको अवलोकन पनि गरिन् । राष..

  • महिलाहरुको गुनासो– उपप्रमुखमा मात्रै महिला भन्ने संविधानमा लेखिएको छैन

    राधिका भुसाल प्यूठान, बैशाख ३१– घर व्यवहारसँगै पारिवारिक वातावरण मिलाएर पुरुषहरुलाई नेतृत्वदायी बनाउने महिलाले नै आफूले नेतृत्व नपाएको गुनासो गरेका छन । खलंगामा आइतबार भएको अन्तरक्रियामा उनीहरुले यस्तो गुनासो गरेका हुन् । ‘स्थानीय तहको निर्णायक पदमा महिला सहभागिता र शान्तिपूर्ण निर्वाचन विषयक अन्तरक्रियामा सहभागि महिला नेतृहरुले..

  • आलुको उचित मूल्य नपाउँदा किसान मारमा

    दाङ, ३१ वैशाख । आलुको उचित मूल्य पाउन नसक्दा यहाँका किसान मारमा परेका छन् । बजारमा भारतीय आलु आयात गरिए पछि मूल्यमा ५० प्रतिशतसम्म गिरावट आएको छ । उचित मूल्य नपाएपछि यहाँका किसानले उत्पादन गरेको आलु बिक्री गर्न छाडेका छन् । पछिल्लो समय आलु प्रतिकिलो रु १४ मा समेत बिक्री हुन छाडेको कृषक जीवराज तिवारीले […]

  • आन्दोलनको केन्द्रविन्दु वीरगञ्ज निर्वाचनको प्रतिक्षामा

    पर्सा, बैशाख ३१ – मुलुकका तीनवटा प्रदेशमा स्थानीय तहको जनप्रतिनिधि चयनका लागि मतदान भइरहेकाबेला प्रदेश नम्बर २ को विरगञ्जका जनतामा मतदानको व्यग्रता बढ्न थालेको छ । मधेस आन्दोलनको केन्द्रविन्दु रहेको विरगञ्ज उपमहानगरपालिकाका स्थानीय मतदानका लागि आतुर देखिएका हुन् । २०५४ साल देखि स्थानीय तहको निर्वाचनमा सहभागी हुन नपाएका कारण स्था..

  • फोटो पत्रकारमाथि प्रहरीको हातपात

    ललितपुर, बैशाख ३१ –स्थानीय तह निर्वाचन अन्तर्गत आइतबार रिपोर्टिङका क्रममा ललितपुरको गोदावरी नगरपालिका वडा नं. २ को फूलचोकी मतदान केन्द्रमा फोटो पत्रकार विनोद विष्टमाथि प्हरीले हातपात गरेको छ । महासंघ प्रदेश पार्षदसमेत रहेका नयाँ पत्रिकाकर्मी विनोद विष्टमाथि प्रहरीले हातपात गरेकोप्रति महासंघ प्रतिष्ठान शाखाले खेद प्रकट गरेको छ । ..

  • म्याग्दीको बेनीबजार सुनसान

    म्याग्दी, बैशाख ३१– आइतबार बेनीबजार सुनुसान जस्तै भयो । स्थानीय निर्वाचनमा भाग लिनका लागि आ–आफ्नो मतदान केन्द्रमा मतदान गर्न सर्वसाधारण गएपछि बेनीवजार सुनसान बनेको हो । सधै मानिसहरुको भीड र सवारीको चाप भइरहने बेनी बजारमा शनिबारदेखि नै मानिसहरुको चाप घटेको थियो । निर्वाचनमा मतदान गर्न बेनीबजारका मात्र होइन, पोखरा काठमाडौ लगायतको ..

  • मतदानका लागि लाइनमा बसेका एकको मृत्यु

    मकवानपुर, बैशाख ३१– मकवानपुरको एक मतदान केन्द्रमा स्थानीय तहको निर्वाचनमा मतदान गर्न लाइनमा बसेका एक मतदाताको मृत्यु भएको छ । लाइनमा बसेका मकवानपुर इन्द्रसरोबर गाउँपालिकाका बीरमान पाख्रिनको मृत्यु भएको हो । उनी इन्द्र सरोबर मतदान केन्द्रमा मतदानका लागि पुगेका थिए । पाख्रिन अचानक लाइनमा लडेपछि उपचारका लागि सिस्नेरी स्वास्थ्य चौकी..

  • नवलपरासीमा पालना भएन आचारसंहिता

    परासी, बैशाख ३१– नवलपरासीमा मतदानको दिन पनि आचारसंहिता उलंघन भएको छ । नवलपरासीको नवलपुर क्षेत्रका ८ स्थानिय तहमा मतदान जारी छ । उम्मेदवारहरु आआफनो विशेष कार्यकर्तालाई गोप्य रुपमा खटाई भोटर ओसार पोसार गरिरहेको छन् । त्यस्तै उम्मेदवारले भोटरहरुलाई ठाउँठाउँमा खाना समेतकोे व्यवस्था मिलएको देवचुली नगरपालिकाको श्रोतले जानकारी दिएको छ ..

  • पूजा खान गएका प्रहरीलाई भोट माग्दै हिँड्यो भनियो : प्रहरी

    ओखलढुंगा, बैशाख ३१ – ओखलढुंगामा प्रहरीले भोट माग्दै हिँड्ने गरेको भन्ने बिषयमा समाचार प्रकाशित भएपछि प्रहरीले यस विषयमा छानबिन गरेको छ । छानबिनका क्रममा जिल्लाको खिजीदेम्बा गाँउपालिकाको वडा नं २ रगनीका एमाले वडा अध्यक्ष केशरबहादुर रोकाको घरमा पूजा खान गएका प्रहरी जवान हिमाल मगरसहितका जवानहरुलाई विपक्षीहरुले भोट माग्दै हिडेको भन्..

  • पश्चिम दाङको पक्की सडकमा धुलैधुलो, स्थानीयको स्वास्थ्यमा असर

    ओपेन्द्र बस्नेत तुलसीपुर बैशाख ३१ – पक्की सडकमा उडेको धुलोले पश्चिम दाङका नागरिकहरुको स्वास्थ्य जोखिममा परेको छ । पवननगर–पुरन्धारा सडक अन्र्गत गहतेखोला देखि शान्तिगर गाउँपालिकाको पातेटाकुरासम्म गरिएको वटासील (पक्कीसडक)मा सवारीसाधनले उडाएको धुलोका कारण नागरिकहरुको स्वास्थ्य जोखिममा परेको हो । चार बर्ष अघि सडकमा गरिएको वटासील उप्क..

  • निहीत स्वार्थमा औषधि आपूर्ति रोक्न चलखेलः अध्यक्ष श्रेष्ठ

    काठमाडौ, वैशाख ३१– नेपाल औषधि व्यवसायी संघले निहीत स्वार्थमा केही व्यवसायीले औषधी आपूर्ति रोक्ने चलखेल भएको आरोप लगाएको छ । केही महिनाअघिमात्रै गठन भएको नेपाल औषधी आयातकर्ता संघले औषधी आयात ठप्प बनाउने चेतावनी दिएलगत्तै व्यवसायी संघले कडा आपत्ति जनाएको हो । २०३० सालमा स्थापना भएको नेपाल औषधी व्यवसायी संघ देशभरका व्यवसायीहको छाता..

  • साइकल चलाउँदै गरेका बालकको मृत्यु

    गौशाला, ३१ वैशाख – महोत्तरी जिल्लाको सोनमा गाउँपालिकामा बालुवा बोकेको ट्र्याक्टरले ठक्कर दिँदा एक साइकल चालक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–३ बस्ने जलन्धर दासका छोरा १० वर्षीय राहुल दास रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ । शनिबार साँझ गाउँ नजिकैको खोलाबाट बालुवा बोकेर उत्तरबाट दक्षिणतर..

  • वडा अध्यक्षका उम्मेदवारको अपहरण, विप्लव पार्टीले गरेको दाबी

    चितवन – माओवादी केन्द्रका राप्ती नगरपालिका वडा नं ९ का वडा अध्यक्षका उम्मेदवार प्रेमबहादुर रिमाललाई गएराति अज्ञात समूहले अपहरण गरेको छ । केन्द्रले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले अपहरण गरेको दाबी गरेको छ । माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराईले विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अपहरण गरेक..

  • दुर्घटनामा एक जनाको मृत्यु, दश घाइते

    इनरुवा, ३१ वैशाख । सुनसरीको भोक्राहा गाउँपालिका–५ मा आज बस र स्कारपिओ एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा भारत बङ्गाल कोलकोत्ताका चैतन्य कृष्ण रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ६४३६ नम्बरको बस र विपरीत दिशाबाट […]

  • १८ वर्षीया युवती वलात्कारको अभियोगी कारागार चलान

    गुल्मी, बैशाख ३१ – केही दिनअघि गुल्मीको ईस्मामा स्थानीय एक युवतीलाई वलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका एक युवा पुर्पक्षका लागि कारागार चलान भएका छन् । ईस्मका गाउँपालिका वडा नम्वर –४ साविकको दोहली गाविस भुवाना गाउँका २४ वर्षिय युवा शिवलाल थापालाई स्थानिय १८ वर्षिया विवाहित युवतीलाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत ..

  • कराँते सिक्न गएका दुई किशोरी बेपत्ता

    -चुरामणि अर्याल वैशाख ३१, कपिलवस्तु – कपिलवस्तुको उदयपुर वाडिगाऊंका दुई किशोरि बेपत्ता भएका छन् ।शनिबार बिहान कपिलवस्तुको बुङ्ची स्थित सिद्धार्थ क्याम्पसको चौरमा नियमित रुपमा करांते सिक्न जाने क्रममा बिहान ६.३० बजे घर बाट हिंडेका ती दुई किशोरि हाल सम्म फेला नपरेका हुन् । जिल्लाको उदयपुर स्थित जनसेवा निमाविमा कक्षा आठमा अध्..

रातोपाटी स्पेशल